एभ्को इन्टरनेसनल संचालक विनिता प्रधान थाइल्यान्डमा पक्राउ

Posted: January 25, 2012 in Uncategorized

केपी ढुंगाना/सुदर्शन सापकोटा

कुनै समय हुन्डाई गाडीको एकमात्र आधिकारिक विक्रेता रहेका एभ्को इन्टरनेसनल र कस्मिक एयरलाइन्सकी निर्देशक विनिता प्रधानलाई थाइल्यान्ड प्रहरीले समातेको छ। नेपाल र भारतमा ठगीको आरोप लागेकी प्रधानलाई बैंकक प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई आज बुझाएको हो।

भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। त्यही नोटिसका आधारमा बैंकक प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो।

केन्द्रीय अनुसन्धान व्युरोले विमानस्थलबाट उनलाई नियन्त्रणमा लिएको हो। व्युरोका अनुसार उनी लामो समयदेखि थाइल्यान्डमा रहँदै आएकी थिइन्। उनी बैंककबाट काठमाडौं विमानस्थलमा उत्रिएलगत्तै व्युरो टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। व्युरो प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार उनीविरुद्ध रेडकर्नर नोटिस र काठमाडौंमा समेत ठगी मुद्दा अनुसन्धान चलिरहेकाले थाइ प्रहरीले पक्राउ गरेको हो।

ऋण नतिरेपछि माछापुछ्रे बैंकले उनलाई कालोसूचीमा राखेको थियो। एभ्कोले माछापुच्छ्रे बैंकमार्फत प्रतितपत्र (एलसी) खोलेर कोरियाली कम्पनी हुन्डाइको सान्ट्रो गाडी बिक्रीका लागि ल्याएको थियो। बिक्रीका लागि ल्याएका १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरेको थिएन। जबकी उसले ग्राहकसँग पैसा उठाइसकेको थियो।

एभ्कोले ग्राहकबाट पैसा लिएर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोली आएर छानबिन गरेका थिए। त्यसपछि एभ्कोलाई नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेताबाट हटाइएको थियो। अहिले एभ्कोका सबै बिक्री केन्द्रहरु बन्द छन्।

कसरी बिग्रियो एभ्को ?
करिब १० वर्षअघि एभ्को समूहले एउटा महत्वकांक्षी योजना ल्याएको थियो। विभिन्न बैंकसँग कर्जा लिएर उसले दुई ठूला आकारका जहाज ल्याएर सस्तोमा भारत र बंगलादेश उडान गर्‍यो। सामान्यतया ३ हजार रुपैयाँ लाग्ने विराटनगर-काठमाडौं उडानमा कस्मिकले १ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरेको थियो। प्रत्येक उडानमा सहभागीमध्येबाट एक जनालाई मोटरसाइकल उपहार दिने योजनासमेत ल्यायो।
धान्न सक्नेभन्दा बढी घाटा खाएर उसले हवाइ उडान व्यवसायमा अरु समकक्षी कम्पनीहरुलाई पछि पार्न यो योजना ल्याएको थियो। त्यसबेला उसका प्रतिस्पर्धी बुद्ध एयर र यति एयरलाइन्स थिए। एभ्को समूहको वास्तविक समस्या कस्मिक एयरबाट सुरु भयो।

कारोबारबाट घाटा दिनहुँ बढ्ने र त्यहीअनुसार उसले बैंकमा तिर्नु पर्ने ऋणको आकार पनि बढ्न थाल्यो। बैंक कर्जासँगै कस्मिक एयरले सरकार, विमानस्थल र इन्धनमा पनि ठूलो रकम तिर्नु पर्ने भयो। जुन अझै तिर्न बाँकी छ।

एभ्को समूहले कस्मिक यिङयाङ मोटरसाइकल नेपालमा उत्पादन गर्ने प्रयास गर्‍यो। उत्पादन गरेको मोटरसाइकल बिक्री गरेर बजार हिस्सा बढाउनका लागि आफैले प्रवर्द्धन गरेको वित्तीय संस्था कस्मिक फाइनान्सबाट ऋण दियो। यो मोटरसाइकलले बजारमा कुनै प्रभाव पारेन। यसले कस्मिक फाइनान्समा समेत असर पर्‍यो। अहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी बन्द छ।

एक मात्र आधिकारिक बिक्रेताका रुपमा कोरियाली कम्पनी हुन्डाइको गाडी बिक्रीमा पनि समस्या आयो। समग्र असरले यो समूह ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s