अर्थ मन्त्रालयले नक्कली भ्याट बिलमार्फत् राजस्व छलेको प्रमाणित भएपछि ५ सय १८ फर्मबाट ६ अर्ब ६० करोड रुपैयाँ कर निर्धारण गरेको छ । तर, ति फर्म र ब्यापारीहरुको नाम भने सार्वजनिक गरिएको छैन । करिव एक वर्षदेखि अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभागले चैत मसान्तसम्ममा अनुसन्धान सकेर राजस्व छलेको प्रमाणित गरेर उक्त कर निर्धारण गरेको हो [...]
Archive for the ‘Uncategorized’ Category
अपराध मुद्दा खेपिरहेकालाई मुस्लिम आयोग अध्यक्ष बनाउन सिफारिस
Posted: April 12, 2012 in Uncategorizedअब्दुल्लाह मियाँ/मनोज पौडेल सार्वजनिक अपराध मुद्दा खेपिरहेको व्यक्तिलाई माओवादीले राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको छ । माओवादी भ्रातृ संगठन मुस्लिम मुक्ति मोर्चाले कपिलवस्तु प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा खेपिरहेका शमशेर मियाँलाई यस्तो सिफारिस गरेको हो । बलकोट-८ अर्घाखाँची स्थायी घर भई बुटवल-७ बस्ने मियाँ ०६९ वैशाख १० मा कपिलवस्तु प्रशासनमा तारेख बुझाउन जाँदैछन् । [...]
प्रेस विज्ञप्ति नं. ७१ विशेष अदालत, काठमाडौं इजलास अध्यक्ष माननीय न्यायाधीश श्री गौरी बहादुर कार्की सदस्य माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र थुनछेक आदेश मुद्दाः घूस रिसवत लिई भ्रष्टाचार गरेको । । २०६८ सालको फौ.नं. ९३–०६८–००१२० यो मुद्दा दायर मिति २०६८।१२।२६ आदेश मितिः २०६८ चैत्र २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्पmबाट अनुसन्धान अधिकृत लालमणि [...]
गृहमन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी उपरिक्षक(एसपी)को बढुवा गरेको छ । लामो समयदेखि बढुवा रोकिएको थियो । एसएसपीको दरबन्दी थपपछि बढुवा गरिएको हो । गृहमन्त्रालयका अनुसार गृहमन्त्री बिजयकुमार गच्छदारले सोमबार १५ एसपीलाई एसएसपी(वरिष्ठ प्रहरी उपरीक्षक)मा बढुवा गरेका हुन् । बरियताका आधारमा बढुवा हुनेमा ललितपुरका एसपी भोगबहादुर थापा, कास्की जिल्ला प्रहरी प्रमुख यादबराज खनाल, प्रति आतंकवाद सेलका [...]
राजधानीको सबैभन्दा चल्तीको गुँदपाक पसल सञ्चालकविरुद्ध १४ वर्ष कैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। दुषित गुँदपाक एवं पुष्टकारी उत्पादन गरी उपभोक्ता स्वास्थ्यमा खेलबाड गरेको आरोपमा वाणिज्य विभागले न्युरोडको ‘ताजा कर्नर गुँदपाक भण्डार’का सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो। विभागले गुँदपाक भण्डारका सञ्चालक मनेन्द्रलाल मास्के र मदन बाबा मास्केविरुद्ध गत मंगलबार मुद्दा दर्ता [...]
महानगरीय प्रहरी परिसर ,काठमाडौँ अमेरिकामा नेपालीहरुको हितमा मानव अधिकारसग सम्बन्धीत कार्य गर्ने अधिकार नामको संस्थामा काम गर्ने हितु नितु भन्ने हित कुमारी श्रेष्ठले हामी आरजु राणा देउवाको टिममा रहेको र मन्त्री समेतका व्यक्तिहरु सगं राम्रो सम्पर्क रहेको भनि झुठ्ठा आश्वसन दिई अमेरिकामा जागिर लगाई दिने प्रलोभन देखाई जिल्ला मोरङ्ग बिराटनगर उम.न.पा.वडा नं.१५ बस्ने आश कुमार [...]
प्रहरी समाचार चौध बर्षीया बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा महेन्द्रकोट–२ बस्ने २७ बर्षीय ओम प्रकाश भुषाललाई प्रहरीले पक्राउ गरेको छ । निजले फागुन २७ गते १५ः३० बजे अर्घाखाँची जिल्ला अडगुरी–८ घर भई भल्वार–४ जिनुवा बस्ने १४ बर्षीया बालिकालाई निजकै घरमा जवरजस्ती अनुचित कार्य गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ [...]
एसएलसी परिक्षाको तयारीमा जुटेका बारा अमलेखगन्जका एक किशोरलाई स्थानिय यूवाहरुको एक समुहले विहिबार राती सामुहिक बलात्कार गरेका छन्। डम्मरपुर घर भई अमलेखगन्जस्थित फुपुको घरमा बस्दै आएका १८ बर्षिय जिवन गोलेलाई (नाम परिवर्तन)घरमा कोही नभएको मौका पारेर विहिबार राती १० बजे चार जनाको समूहले हतियार देखाउदै बलात्कार गरेका हुन्। ‘म भान्सामा बसेर खाना बनाउदै , पढ्दै [...]
सरोजराज अधिकारी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का लागि बिना प्रतिस्पर्धा करिव १९ करोडको सामाग्री खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छन् । त्यसका लागि मन्त्रीस्तरीय निर्णयबाटै सोझै सामाग्री खरिद गर्न मिल्ने ग विशेष सेवा नियमावली संशोधनको तयारी अगाडि बढाइएको गृहस्रोतले बतायो । ‘आगामी मन्त्रिपरिषदको बैठकमा नियमावली संशोधनको प्रस्ताव लैजाने [...]
रुद्र खड्का नेपालगञ्जबाट ७ किलोमिटर पश्चिममा रहेको बेलहरी ७ को एक घरभित्र दुई सकेट बम र बम बनाउन प्रयोग हुने सामाग्री प्रहरीले फेला पारेको छ। स्थानीयले आज बिहान प्रहरीलाई दिएको सूचनाका आधारमा अयोध्याप्रसाद लोनियाको घरबाट बम र विस्फोटक पदार्थ फेला पारेको हो। बाँके प्रहरी प्रमुख विक्रमसिंह थापाले कसले बम राखेको थाहा भइनसकेको बताए। बम बनाउन [...]